सारांश
काठमाडौं । नेपाली क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिग मास्टर्सको उपाधि जितेको छ । फाइनमा एसियाले सोमबार राती वल्र्ड जायन्ट्सलाई सात विकेटले हराउँदै च्याम्पियन बनेको हो ।
जितको लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको एसियाले १६.१ ओभरम ३ विकेट गुमाउँदै पूरा गर्यो । एसियाको जितमा ओपनर तिलकरत्ने दिलशानले ४२ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिए ।
नेपालका पारस खड्काको भने ब्याटिङ र बलिङ दुवै अवसर आएन । पारस प्रतियोगिताभर ६ खेल मध्य ५ खेलमा मैदान उत्रदा दुई खेलमा मात्रै ब्याटिङ गरेका थिए । पहिलो खेलमा इन्डिया महाराजसविरुद्ध २ बलमा ३ रन र जायन्ट्सविरुद्ध दोस्रो खेलमा १० बलमा ८ रन जोडेका थिए । इन्डिया महाराजसविरुद्ध दोस्रो खेलमा भने पारस टोलीमै परेका थिएनन् ।