सारांश
काठमाडौं । सफल युवा निर्देशक सुदर्शन थापाद्वारा निर्देशित चलचित्र 'प्रसाद २' को ‘मार्सी धान’ बोलको गीत सार्वजनिक भएको छ।
मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक यस गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत तथा स्वर सिवाकोटी र मिलन नेवारको रहेको छ। लोक लयमा आधारित गीतमा कार्टुञ्ज क्रुका आश्मा विश्वकर्मा, सरोज अधिकारीको साथमा बिपिन कार्की र केकी अधिकारीको नृत्य देख्न सकिन्छ। यो गीतको नृत्य निर्देशक विक्रम स्वार हुन् ।
सामाजिक विषयवस्तुमा आधारित यस चलचित्रमा कलाकार विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन्। विपिन र केकीसँगै अर्पण थापा, कमलमणी नेपाल, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ। कथा सुशील पौडेलले तयार पारेका हुन्। एसजी फिल्म्स सुलभ थापा प्रोडक्सनसँग सहकार्य गर्दै सुभाष थापाको प्रस्तुतिमा तयार भएको चलचित्रका निर्माता सुदर्शन बस्नेत हुन् ।
यसअघि चलचित्र 'प्रसाद २' को ट्रेलर सार्वजनिक गरिएको थियो। दर्शकले ट्रेलर रुचाएसँगै यस चलचित्रले बक्स अफिसमा सुखद कमाइ गर्ने फिल्मकर्मीको अपेक्षा छ।