सारांश
काठमाडौं । विकास आचार्य कृत चलचित्र ‘नाईं नभन्नू ल ६’ मा अनुभव रेग्मी र योगिशा खत्रीले जोडी भएर अभिनय गरेका छन् ।
निर्माण पक्षले अनुभव र योगिशाको सुट यसै साता सकाएको छ । छायाँकन स्थलबाट उनीहरुको तस्बिर सार्वजनिक भएका हुन् । ‘
‘नाईं नभन्नू ल ६’ मा अनुभव र योगिशाको एउटा गीत सहित चलचित्रमा समेत महत्वपूर्ण भूमिका रहेको निर्देशक आचार्य बताउँछन् । चलचित्रमा निखिल उप्रेती र संचिता लुईंटेल पुत्र अर्थवले पनि बाल कलाकारको रुपमा अभिनय सुरु गरेका छन् । साथमा आँचल शर्मा, आर्शिवाद क्षेत्रीको मुख्य भूमिका छ ।