सारांश
काठमाडौं । कलाकार करिश्मा मानन्धरले रेखा थापालाई खुलेरै भोट मागेकी छन् । कलाकार राष्ट्रका अभिन्न अंग भएको बताउँदै करिश्माले सामाजिक सञ्जालमार्फत रेखालाई भोट मागेकी हुन् ।
करिश्मा लेख्छिन्, ‘कलाकार राष्ट्रका अभिन्न अंग हुन् । संस्कृति, संस्कारका संवाहक हुन् । यो क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारले धेरै संघर्ष र परिश्रम लगानी गरेका छन् । यो एउटा करोडौं लगानी भएको क्षेत्र बनिसकेको छ । अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पुर्याउने हो । यो संघर्षमा सामेल योद्धा रेखा थापालाई भोट गर्न मोरङ जिल्लाबासीलाई आग्रह गर्दछु ।’