सारांश
काठमाडौं । बससेवा डटकमले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा भोट हाल्न घर जान लागेका मतदातालाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ ।
अफर अन्तर्गत निर्वाचनमा भाग लिन जाने मतदाता मध्ये भाग्यशाली तीन जनाले बससेवाको तर्फबाट आकर्षक उपहार प्राप्त गरिने बससेवाले जनाएको छ । ती मतदाताले भोट दिएका तीन जना उम्मेदवार (विजयी वा हार बेहोरे पनि) ले समेत आकर्षक उपहार प्राप्त गर्नेछन् ।गोलाप्रथामार्फत बिजेता मतदातालाई दुईवटा उपहार प्रदान गरिनेछ र ती विजेता मतदाताले आफूले मतदान गरेका उम्मेदवारलाई गोप्य रुपमा उपहार प्रदान गर्न सक्ने बससेवाले जनाएको छ ।