Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली


सारांश

चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली
images

 काठमाडौं । चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली निर्वाचित भएका छन् । १५औं महाधिवेशनबाट उनी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । पराजुली निवर्तमान महासचिव हुन् । 

उपाध्यक्षमा सुवास गजुरेल र दीपशिखा खड्का, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट र सहकोषाध्यक्षमा राज बस्न्यात चुनिएका छन् ।

सदस्यहरुमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाई, उत्सव केसी र अमृतमान महर्जन निर्विरोध चुनिए । सह-सदस्य पदका लागि मात्र निर्वाचन सम्पन्न भयो । सीमा गुरुङ र रामकुमार श्रेष्ठ सह-सदस्य निर्वाचित भए । पहिलो कार्यसमिति बैठकले कमल एक्चै मगर र भीषण राईलाई सदस्यमा मनोनित गरेको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij