Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

नेफ्टाले ल्यायो नयाँ नियम : वैशाख १ देखि छायांकनमा सिफ्ट सिस्टम


सारांश

नेफ्टाले ल्यायो नयाँ नियम : वैशाख १ देखि छायांकनमा सिफ्ट सिस्टम
images

काठमाडौं । चलचित्र प्राविधिकको छाता संस्था नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)ले आगामी वैशाख १ गतेदेखि लागु हुनेगरी  छायांकनमा सिफ्ट सिस्टम कार्यान्वयनमा ल्याउने भएको छ । 

अध्यक्ष पुष्कर लामा (प्रेम भोम्जन)ले अन्तर्राष्ट्रिय फिल्म उद्योगमा कार्यरत श्रमिकको अभ्यासलाई हेरेर नेपालमा पनि यस्तो व्यवस्था लागु गर्न लागिएको बताए । जसअनुसार अब नेपाली प्राविधिकले बिहान ७ देखि बेलुका ७ बजेसम्म र बिहान ९ बजेदेखि राति ९ बजेसम्मको १२ घण्टे तालिकाअनुसार काम गर्नुपर्नेछ ।SOUTH INDIAN MOVIE.jpg

अतिरिक्त समय काम गर्नुपरे निर्माताले प्राविधिकलाई थप पारिश्रमिक दिनुपर्नेछ । नेफ्टाको हालै बसेको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । ‘हामीले विदेशमा लागू गरिएको आठ घण्टे सिफ्ट यहाँ वैज्ञानिक नदेखिएपछि बाह्र घण्टाको बनाएका छौँ । जिम्मेवार श्रमिक संस्था भएकाले निर्मातालाई जोगाउनुपर्छ भन्ने उद्देश्य छ,’ अध्यक्ष लामाले भने ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij