सारांश
एजेन्सी । भारतमा पुनः कोरोनाका बिरामी बढेका छन् । बितेका पाँच महिनाको अवधिमा आज सबैभन्दा धेरै संक्रमित फेला परेका हुन् ।
आज एकै दिन तीन हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या झन्डै ६ महिना यताकै उच्च हो । बुधबार तीन हजार संक्रमित फेला परेका थिए ।
उक्त मन्त्रालयले आज सार्वजनिक गरेको अद्यावधिक तथ्यांकअनुसार महामारी क्रमशः साम्य भएपछि गत अक्टोबर २८ मा सबैभन्दा दुई हजार २०८ जनामा संंक्रमण देखिएको थियो । बुधबार देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ५०९ रहेकोमा आज त्यसमा वृद्धि भइ १५ हजार २०८ पुगेको छ ।