सारांश
एजेन्सी । ‘टाइगर भर्सेस पठान’ को छायांकन आगामी वर्षको जनवरीदेखि सुरु हुने भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्मको शीर्ष भूमिकामा सलमान खान र शाहरुख खान देखिनेछन् । बलिउडका यी दुई स्टारले सन् १९९५ को फिल्म ‘करण अर्जुन’मा सहकार्य गरेका थिए ।
यशराज फिल्म्सको महत्वाकांक्षी फिल्म बताइएको यो फिल्म आगामी जनवरी २०२४ मा रिलिज गर्ने योजना छ । हालै रिलिज भएको ‘पठान’मा पनि सलमानको विशेष भूमिका थियो ।