Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

लेवान्डोस्की चम्कँदा बार्सिलोनाको सहज जीत


सारांश

लेवान्डोस्की चम्कँदा बार्सिलोनाको सहज जीत
images

एजेन्सी। फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जीत दर्ता गरेको छ ।

शीर्षस्थानमा रहेको बार्सिलोनाले रेलिगेसन जोनको पुछारमा रहेको घरेलु टोली इल्चेमाथि ४–० को फराकिलो जित निकालेको हो । थप दुई गोल अन्सु फाती र फेरान टोरेसको नाममा रह्यो ।

इल्चेमा शनिबार राति भएको एक पक्षीय खेलमा  जितसँगै बार्सिलोनाले रियल म्याड्रिडलाई १५ अंकले पछि पारेको छ । बार्सिलोनाको २७ खेलबाट ७१ अंक पुगेको छ । एक खेल कम खेलेको रियलको ५६ अंक छ । पराजित इल्चे १३ अंक जोडेर पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij