Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

ऋषि सिंहले जिते इण्डियन आइडलको उपाधि


सारांश

ऋषि सिंहले जिते इण्डियन आइडलको उपाधि
images

एजेन्सी ।  भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल १३’ को उपाधि ऋषि सिंहले जितेका छन् । 

उत्तर प्रदेशको अयोध्याका ऋषिले २५ लाख रुपैंयाँ र एक कार पनि जितेका छन् । शोमा कोलकाताकी देवोष्मिता राय फस्ट रनरअप र जम्मू कश्मीरका चिराग कोतवाल सेकेण्ड रनरअप भए ।99198805.webp

शोको पछिल्लो भागको ड्रिम फिनालेमा ऋषिसहित सोनाक्षी कर, बिदिप्ता चक्रवर्ती, शिवम सिंह, चिराग कोतवाल र देवोष्मिता रायले गीत गाएका थिए । शोको फिनाले सञ्चालन आदित्य नारायण झा र कमेडीयन भारती सिंहले गरेका थिए । शोको निर्णायकमा हिमेश रेशमिया, विशाल ददलानी र नेहा कक्कड थिए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij