Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

आइपिएल, आजको खेल : चेन्नई विरुद्ध लखनऊ


सारांश

आइपिएल, आजको खेल : चेन्नई  विरुद्ध लखनऊ
images
एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को छैटौं खेलमा आज चेन्नई सुपर किंग्स र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७: ४५ मा चेन्नईमा सुरुहुनेछ । 

लखनऊको लोकेश राहुल र चेन्नईको महेन्द्रसिंह धोनीले कप्तानी गर्नेछन् । चेन्नई घरेलु मैदान र दर्शकको फाइदा उठाउँदै पहिलो जित निकाल्न चाहन्छ । लखनऊ उच्च प्रदर्शनका साथ लगातार दोस्रो जित हात पार्न चाहन्छ । चेन्नई पहिलो खेलमा गुजरात टाइटन्ससँग ५ विकेटले पराजित भएको थियो । लखनऊ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले हराएको थियो ।

लखनऊ र चेन्नईबीच एकमात्रै खेल भएकोछ । गतवर्ष लखनऊले चेन्नईलाई ६ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij