सारांश
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले आयोजक राष्ट्रलाई पैसा दिन्छ। फिफाले खेलमा सहभागी ३२ वटै राष्ट्रलाई पैसासमेत दिन्छ। खेलाडी तथा विजेतालाई पुरस्कार, उनीहरूलाई आवतजावत खर्च, बस्ने तथा खाने सुविधा प्रदान गर्छ भने प्रत्येक खेलाडीलाई ३ लाख ७० हजार डलर पनि दिन्छ।
साथै विश्वकपमा प्रयोग हुने अन्य जनशक्ति र क्लबाट खेलाडीलाई विश्वकप खेल्न पठाएबापत फिफाले ६३ देशका ४६१ क्बललाई सहयोग पनि गर्छ। क्लबलाई वितरण गर्न फिफाले २० करोड डलर छुट्टाएको छ।
ठूलो खर्चका बाबजुद पनि फिफाले मनग्य मुनाफा आर्जन गर्छ।फिफाले सबैभन्दा बढी रकम विश्वकप प्रसारणको अनुमतिबाट लिने गर्छ। फिफा विश्वकप ५ अर्ब मानिसले टेलिभिजनमा हेर्ने अनुमान छ।