सारांश
काठमाडौं । देशभरका विमानस्थलमा आजदेखि यान्त्रिक उडान गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानसम्बन्धी उपकरण (नेभिगेसन इक्विपमेन्ट) जडान भएका देशभरका विमानस्थलमा आजबाट यान्त्रिक उडान गर्ने भएको हो ।
विमानस्थलमा जडान भएका उपकरणले काम गरे/नगरेको परीक्षण गर्न यान्त्रिक उडान गरिन्छ । यान्त्रिक उडानमा एयर ट्राफिक कन्ट्रोल, टावर, धावन मार्ग र विमानस्थलमा जडान भएका बत्ती, सञ्चार उपकरणले काम गरे/नगरेको परीक्षण गरिन्छ ।
कम्तीमा छ महिना र बढीमा दुई वर्षमा यान्त्रिक उडान गर्नुपर्छ ।
यान्त्रिक परीक्षण उडान सफल भएको प्रतिवेदनपछि अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक उडानका लागि योग्य मानिनेछ ।
काठमाडौं, भैरहवा, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी र चन्द्रगढी विमानस्थलमा यान्त्रिक परीक्षण उडान हुने प्राधिकरणले जनाएको छ ।