Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

'प्रसाद-२' प्रदर्शन नगर्न उच्च अदालत पाटनको आदेश


सारांश

'प्रसाद-२' प्रदर्शन नगर्न उच्च अदालत पाटनको आदेश
images

काठमाडौं । चैत २४ गतेका लागि रिलिज डेट लिएको चलचित्र ‘प्रसाद–२’ तत्काल रिलिज नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले अन्तरिम आदेश जारी गर्दै तत्काल ‘प्रसाद–२’ रिलिज नगर्न आदेश दिएको हो ।

इजलासलबाट विपक्षी बनाइएका चलचित्र विकास बोर्डसहित नौ  प्रतिवादीको नाममा कारण देखाउ आदेश जारी गरेको छ । चलचित्र विकास बोर्ड, चलचित्र जाँच समिति, सुलभ थापा प्रोडक्सन, सुलभ थापा, सुभाष थापा, सुदर्शन थापा, सुशील पौडेल, एस जिफिल्म्स र सुदर्शन बस्नेतलाई प्रतिवादी बनाइएकाे छ ।

चलचित्रका निर्माता केशव पाण्डेले अदालतमा निर्माताहरुबीचको विवाद समाधान नहुँदै चलचित्र रिलिज रोक्न माग गर्दै सोमबार निषेधाज्ञाको रिट दायर गरेका थिए । हिजो मात्रै निर्माता सुवास थापाले सामाजिक संजाल फेसबुकमार्फत उनले समयमै चलचित्र रिलिज हुन नसक्दा तोकिएको समयमा पैसा दिन नसकेको भन्दै सिनेमा रिलिजका लागि सहयोग गरिदिन आग्रह गरेका थिए । उनले सिनेमा रिलिज भएपछि पैसा तिर्ने प्रतिबद्धता जनाएका थिए । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij