Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

आईपीएल : साविक विजेता गुजरातको लगातार दोस्रो जित


सारांश

आईपीएल : साविक विजेता गुजरातको लगातार दोस्रो जित
images

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।  दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियममा गुजरातले दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराएको हो।

दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो। गुजरातका लागि साई शुदर्शनले ४८ बलमा ४ चौका र २ छक्काको सहयोगमा ६२ रनको अर्धशतकीय ईनिङ खेले। डेबिड मिलरले १६ बलमा अविजित ३१ रन बनाए । दिल्लीका एनरिक नोर्कियाले २, खलिल अहमद र मिचेल मार्शले समान १/१ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो।

लगातार दोस्रो जित निकालको गुजरात ४ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने पराजित दिल्ली अंकबिहिन रहँदै आठौं स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij