Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

पाँच वर्षपछि राजनीतिमा आउँछु होला : राजेश हमाल


सारांश

पाँच वर्षपछि राजनीतिमा आउँछु होला : राजेश हमाल
images

काठमाडौं । अभिनेता राजेश हमालले प्रतिनिधिसभा र प्रदेशसभाको मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै हमालले आफू पनि भविष्यमा राजनीतिमा आउने बताए ।

उनले भने, ‘यो चुनावबाट आउने परिणामले नयाँ मार्ग निर्देशित गर्छ । त्यसपछि मलाई लाग्छ कि यसमा चासो राख्ने र समावेश हुन चाहने व्यक्ति धेरै हुनुहुन्छ । मेरो पनि त्यही नै हो ।’

 

त्यसो भए तपाईं पनि राजनीतिमा आउने हो ? भन्ने पत्रकारको प्रश्नमा हमालले सकारात्मक जवाफ दिए ।

‘ मलाई लाग्छ कि अर्को पाँच वर्षपछि म नेपाली राजनीतिमा सायद आउँछु होला ।’

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij