Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

उत्तर कोरियाली क्षेप्यास्त्र अमेरिकाको कुनै पनि भागमा पुग्न सक्ने !


सारांश

उत्तर कोरियाली क्षेप्यास्त्र अमेरिकाको कुनै पनि भागमा पुग्न सक्ने !
images

सोल । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले अमेरिकी मुख्यभूमिको जुनसुकै भागमा पुग्न सक्ने अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षणपछि आणविक धम्कीको जवाफ आणविक हतियारले नै दिइने प्रतिवद्धता जनाएका छन् । 

उत्तर कोरियाको सरकारी सञ्चार माध्यम केसीएनएले शनिबार उक्त क्षेप्यास्त्र प्रक्षेपणस्थलमा पहिलोपटक किम आफ्नी सानी छोरीसँग उपस्थित भएको पुष्टि गरेको याहुन्युजमा उल्लेख छ । सार्वजनिक भएको तस्बिरमा किम छोरीको हात समाउँदै परीक्षणस्थलमा हिँडिरहेको देखिन्छ ।

आफूले बोक्ने आणविक हतियारको वजनको आधारमा यसले नौ हजार माइलभन्दा बढी दूरी तय गर्न सकिने भएकाले यो अमेरिकी मुख्यभूमिको जुनसुकै स्थानमा पुग्न सक्ने दाबी हामादाले गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij