Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

अर्थतन्त्र संकटको डिलमा छ, समाधानको रोडम्याप बनाऔं : चन्द्र ढकाल


सारांश

अर्थतन्त्र संकटको डिलमा छ, समाधानको रोडम्याप बनाऔं : चन्द्र ढकाल
images

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान अर्थतन्त्रको संकट समाधानको लागि वृहत राष्ट्रिय विमर्श गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारणसभामा ढकालले सरकारसँग यस्तो प्रस्ताव राखेका हुन् । अहिलेको अवस्था गम्भीर नबन्दै सबै पक्ष मिलेर समाधान गर्नुपर्नेमा ढकालको जोड छ ।

सरकार, राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहभागितामा वृहत राष्ट्रिय विमर्श गरी अर्थतन्त्रको संकटमोचनको रोडम्याप बनाउनुपर्ने उनको भनाई छ । मुलुकको अर्थतन्त्र संकटको डिलमा रहेको भन्दै सबै सरोकारहरूले समयमा नै विचार गर्दा आर्थिक समस्या समाधान गर्न गाह्रो नहुने ढकालले बताए ।

सानो अर्थतन्त्रको नेपालजस्तो मुलुकलाई छोटो समयमै लयमा फर्काउन सम्भव रहेको बताउँदै सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्नेमा ढकालले प्रधानमन्त्री र अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij