सारांश
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी चयनका लागि बिहान १० बजे सुरु भएको भएको मतदान समय साँझ ६ बजे सकिएको छ । तीन उपाध्यक्षका उमेदवारसँग छलफल गरी बेलुका ८ बजेदेखि मतगणना गरिने पनि उनले बताए ।
वस्तुगततर्फका सदस्यबाट मत गन्न सुरु गर्ने उनले जानकारी दिए । महासंघमा कूल एक हजार ९८८ मतदाता छन् । जसमा वस्तुगततर्फ १२३ मतदाता छन् । उद्योग वाणिज्यतर्फ ११७ र एसोसिएटतर्फ एक हजार ७४८ मतदाता छन् ।
निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र सात प्रदेशबाट सात, उद्योग वाणिज्य संघबाट १८, वस्तुगत संघबाट १४, एसोसिएटबाट १९, द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट एक र संस्थापक सदस्य समूहबाट एकजना कार्यसमिति सदस्य निर्वाचित हुनेछन् ।