Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

इङ्ल्यान्डको इरानमाथि ६–२ को फराकिलो जित


सारांश

इङ्ल्यान्डको इरानमाथि ६–२ को फराकिलो जित
images

काठमाडौं । फिफा विश्वकपमा सोमबार समूह 'बी' को खेलमा इङ्ल्यान्डले इरानमाथि ६–२ को फराकिलो जित निकालेको छ । 

कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा इङ्ल्यान्डका लागि बुकायो साकाले दुई गोल गर्दा जुड बेलिङ्घम, रहिम स्टर्लिङ, मार्कुस रासफोर्ड र ज्याक ग्रिलिसले एक–एक गोल गरे । इरानका लागि दुवै गोल मेह्दी टरेमीले गरे ।

इरानका टरेमीले नै खेलको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गरेपछि खेल ६–२ को नतिजामा टुंगियो ।

जितसँगै तीन अंक जोडेको इङ्ल्यान्ड समूह 'बी' को शीर्ष स्थानमा उक्लिएको छ । समूहमा इङ्ल्यान्ड र इरानसँगै अमेरिका र वेल्स छन् ।

आजै हुने दोस्रो खेलमा राति ९:४५ बजे समूह 'ए'का सेनेगल र नेदरल्यान्ड्स खेल्दा राति १२:४५ बजे समूह 'बी' कै अमेरिका र वेल्सबीच प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij