सारांश
काठमाडौं । जर्मनीलाई कार्यक्षेत्र बनाए पनि अहोरात्र नेपाली कला, सस्कृती र चलचित्रको समृद्धिमा कृयाशील कलाकार (नायिका) कमला दाहालले यसपाली नेपाल बसाईका क्रममा चलचित्र ‘जाँड’ मा अभिनय गरेकी छिन। कलाकार दाहाल नेपाल आएको मौकामा कहिले म्यूजिक भिडियो, कहिले चलचित्रमा अभिनय गर्दै आएकी छिन। यसपाली उनले वरिष्ठ नृत्य निर्देशक राजु शाहद्वारा निर्देशित जाड नामक चलचित्र खेल्न भ्याईन।
गत निफ फिल्म फेस्टिभलमा शुभ–मुर्हूत गर्दै छायांकनमा निस्किएको फिल्म नगरकोटको आसपासका स्थानमा खिचिएको छ । राजेन्द्र भट्टको निर्माण रहेको चलचित्रमा कमला दाहाल, सानबी खतिवडा र पदम गुरुङको मुख्य भूमिका छ ।
जाँडले समाजमा कस्तो बदनाम हुन्छ ? घरमा कस्तो असर पर्छ ? जाँड खाने पुरुषलाई श्रीमती, छोरी र समाजले हेर्न दृष्टिको कस्तो रहन्छ भन्ने विषय चलचित्रमा उठाइएको छ ।
यही अप्रिल ८ तारिखमा जर्मनी फर्किएकी दाहाल एक महिना लामो नेपाल बसाईका क्रममा आफ्नो पारिवारिक काम र भेटघाट बाट समय निकालेर यो चलचित्र खेलेकी हुन। यही चलचित्रको व्यस्तताले गर्दा नै उनले साथीभाईलाई समेत चाहेर पनि भेट्न नसकेको उनको पारिवारिक स्रोतले बताएको छ। यसअघि राजु शाहकै निर्देशनमा दाहालले राजेश हमालसङ्ग चलचित्र सपनाको नौलो संसारमा समेत अभिनय गरिसकेकी छिन।
दाहाल अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास को निवर्तमान अध्यक्ष एवं संरक्षक हुन ।