सारांश
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि आज पुनः मतदान हुँदै छ । बुधबार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षतर्फ कुनै उमेदवारले ५० प्रतिशत मत ल्याउन सकेनन् ।
आज दिउँसो ४ बजेदेखि बेलुका पुनः मतदानको समय तोकिएको मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिए । सहमतिको प्रयास भन्दै निर्वाचन कार्यक्रम सार्न प्रस्ताव भएपछि २ बजेदेखि हुने दोस्रो चरणको निर्वाचन लागि सरिएको हो ।