सारांश
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन्।
बुधबार सम्पन्न महासंघको निर्वाचनबाट उनले ३७.९९, उमेशलाल श्रेष्ठले ३१.५५ र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत ल्याएका थिए। पहिलो र दोस्रो हुनेबीच सहमति गरेर अन्जन वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन्।
पूर्व अध्यक्षहरू, वर्तमान वरिष्ठ उपाध्यक्ष तथा भावी अध्यक्ष चन्द्र ढकाल लगायतको रोहबरमा गरिएको छलफलबाट अन्जनलाई छोड्न उमेश सहमत भएका हुन्।