Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

कृषले ल्याए इन्द्रजीत मिजारको स्वरमा ‘घाम छायाँ’


सारांश

कृषले ल्याए इन्द्रजीत मिजारको स्वरमा  ‘घाम छायाँ’
images

काठमाडौं । अमेरिकामा बसेर पनि नेपाली कला, संस्कृति, गीत-संगीत र चलचित्रलाई असाध्यै माया गर्ने युवा संगीतकार कृष रिजालले ‘घाम छायाँ’ बोलको नयाँ सांगीतिक कोशेली  दर्शक- स्रोतामाझ ल्याएका छन् । उनले ‘घाम छायाँ’ को म्युजिक भिडियो पनि सार्वजनिक गरेका छन् ।

315521383_513082447370389_4764351061751374112_n.jpg
 संगीतकार कृष रिजाल

कृष रिजालकै शब्द अनि संगीत रहेको यस गीतमा वरिष्ठ गायक गायक इन्द्रजित मिजारको स्वर रहेको छ ।

एक समय नेपाली चलचित्रको पार्श्व गायनका चर्चित गायक मिजारका ‘अब यो बाटो मेरो हो कि म यो बाटोको,’ ‘टुङ्गुनाको धुन म जुन म’, ‘पिरतीको मिठो तिर्सना’, ‘के भन्ने हाम्रो समय’ जस्ता कयौँ गीत नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय छन् ।

Capture.JPG
गायक इन्द्रजित मिजार

स्मरणीय कुरा, युवा संगीतकार कृषको संगीतमा उदितनारायण झा, दीपानारायण झा, कुमार सानू, सन्जीवनी लगायका वरिष्ठ गायक/गायिकाले आफ्नो स्वर दिईसकेका छन।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij