Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

नवल खड्काको 'काँडेतार' को शीर्ष गीतले चर्चा बटुल्दै


सारांश

नवल खड्काको 'काँडेतार' को शीर्ष गीतले चर्चा बटुल्दै
images

काठमाडौं । नेपाली कथानक चलचित्र ‘काँडेतार’को शीर्ष गीतले राम्रो प्रतिक्रिया पाएको छ। 

सत्यकला राई, राजेशपायल राई र जे पापीको स्वर रहेको गीतले देशको सीमाना रक्षाका लागि आह्वान गर्छ । मिलन कान्छा किराँतीको शब्द रचना रहेको गीतमा संगीत मणि थापाले भरेका छन् ।गीतको भिडियोमा नवल खड्का, गौरव पहारी, सुरबिना कार्की, रेविका गुरुङलगायत कलाकारको अभिनय रहेको छ । 

एक इन्च जमीन मिचिदा आपसमा लड्ने दाजुभाइ र छिमेकी देशको सीमा मिचिदा भने चुप बस्ने आम प्रवृत्तिलाई गीतले व्यंग्य गरेको छ । देशको रक्षाका लागि आम नेपाली घरघरबाट उठ्न प्रेरित गर्ने गीतले राष्ट्र र राष्ट्रियताको महत्त्व र आश्यकता दर्शासाउँछ ।

Capture1681571472.jpg
नवल खड्का

राष्ट्रवादी सिनेमा बनाउने निर्देशक, निर्माता तथा कलाकार नवल खड्काले निर्देशन गरेको चलचित्र ‘काँडेतार’ देशको सीमा रक्षाका लागि आवाज उठाउने सिनेमा हो । 

सामना फिल्म्स ब्यानरको चलचित्र ‘काँडेतार’ मा नवल खड्का, गौरव पहारी, रेविका गुरूङ, सुरविना कार्की  मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, संजय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश  गिरी र बाल कलाकारमा नादिया खड्का र सनया खड्कालगायत कलाकारको अभिनय छ। 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij