सारांश
काठमाडौं । गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा कतिपयले आलोचना नगर्न नछाडेपछि आइतबार आफू गलत नभएको र पर्दामा देखाइएका सबै कुरा सही नहुने बताउँदै एक स्टाट्स पोष्ट गरेकी छन् ।
उनले अगाडि बढ्न खोज्दा खुट्टा तान्नेहरु धेरै भएको पनि बताएकी छन् । ‘अगाडि बढ्न खोज्छु । मेरा पाइला पछाडि तानिन्छन् । मनभित्रको बह सुनाउन खोज्छु हाँसो र मजाकको पात्र बन्छु,’ उनले लेखेकी छन्, ‘आफ्ना नजरहरुलाई कहीँ कतै भुलाउन खोज्छु । तर जताततै अँध्यारो देख्छु । ए मेरो पनि भावना छ तपाईंको जस्तै । मेरो पनि मन छ तपाईंको जस्तै । आँसु झर्दा दुख्छ, पोल्छ ।’
उनले लेखेकी छन्, ‘अगाडि बढ्न खोज्छु, मेरा पाइला पछाडि तानिन्छन् । मनभित्रको बह सुनाउन खोज्छु, हाँसो र मजाकको पात्र बन्छु । आफ्ना नजरहरुलाई कतै भुलाउन खोज्छु, जताततै अँध्यारो देख्छु । मेरो पनि तपाईंको जस्तै भावना अनि मन छ । मलाई पनि आँसु झर्दा, दुख्छ, पोल्छ। अब त मेरा हरकुरा अर्थहीन हुन जस्तो लाग्छ । म गलत छैन । म कुनै चरित्रहीन छोरी होइन । पर्दामा देखिएका हर कुरा सही हुँदैनन् । सत्यता मनमा अड्किएर बसेको हुन्छ ।’