Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

दिलीप रायमाझीकी छोरी दिब्या नेपाली चलचित्रमा डेब्यु गर्दै


सारांश

दिलीप रायमाझीकी छोरी दिब्या नेपाली चलचित्रमा डेब्यु गर्दै
images

काठमाडौं । अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या रायमाझी नेपाली रजतपटमा डेब्यु गर्ने तयारीमा छिन् । निर्माता रोहित अधिकारीले दिव्यालाई आफ्नो चलचित्रमार्फत नेपाली सिने क्षेत्रमा डेब्यु गराउन लागेका हुन् ।

स्रोतका अनुसार दिव्या चलचित्रमा अभिनयकै लागि केही महिनापछि अमेरिकाबाट नेपाल आउँदैछिन् ।  चलचित्रको स्क्रिप्टको पहिलो ड्राफ्ट अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले लेखिसकेका छन् । 

चलचित्रमा खगेन्द्रसँगै विपीन कार्कीलगायत कलाकार मुख्य भूमिकामा हुनेछन् ।  सुरेन्द्र पौडेलले निर्देशन गर्ने चलचित्रको छायांकन भदौबाट सुरु हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij