सारांश
एजेन्सी। सलमान खानको चलचित्र ‘किसीका भाई किसीकी जान’ले भारतीय बक्स अफिसमा अहिलेसम्मकै न्यून इद पर्वको ओपनिङ गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।
यस चलचित्रलाई भारतीय सञ्चारमाध्यमहरुले राम्रो समीक्षा दिएका छैनन् । धेरैले यसलाई गतिलो साउथ इन्डियन चलचित्रको अगतिलो हिन्दी संस्करणको संज्ञा दिएका छन् ।
भारतीय फिल्मका ब्यापार समीक्षक तरण आदर्शका अनुसार चलचित्रले पहिलो दिनमा १५.८१ करोड भारु कमाएको छ । सन् २०१६ को इदमा रिलिज भएको सलमानको ‘सुल्तान’ले सबैभन्दा धेरै ३६.५४ करोड भारु कमाएको थियो ।
नेपाली बक्सअफिसमा पनि यो चलचित्रले न्यून ओपनिङ गरेको छ । फरहाद सम्जी निर्देशित यो चलचित्र चारवर्षपछि रिलिज भएको सलमानकोचलचित्र हो ।