अर्थ व्यवसाय
सारांश
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को पाँचौँ संशोधन गर्दै नयाँ ब्रोकरलाई लाइसेन्स दिन बाटो खुला गरेको छ ।
चौथो संशोधनमा नियम ३ को उपनियम ५ अस्पष्ट थियो । बोर्डले उक्त नियमावली पुनः संशोधनका लागि मन्त्रिपरिषद्मा पठाएको थियो । सो नियमावली संशोधन भएर आएसँगै नयाँ ब्रोकरलाई लाइसेन्स दिने बाटो खुलेको हो ।