सारांश
काठमाडौं । लक्ष्मण सुवेदीको निर्देशन, निर्माण तथा लेखन रहेको चलचित्र 'सतिदेवी' को छायांकन सुरू भएको छ।
सोमबार भद्रकाली मन्दिरमा शुभ मुहूर्त गर्दै चलचित्रको छायांकन सुरू गरिएको हो। निर्देशक सुवेदीले सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गर्दै फिल्मको छायांकन सुरू भएको जानकारी दिएका हुन्। निर्देशक सुवेदीका अनुसार चलचित्रको नाम सतिदेवी भए पनि हिन्दु धर्मकी देवी सतिदेवीबारे हुने छैन।
चलचित्रमा मलिका महत, भोलाराज सापकोटा, कुलदीप अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, सन्दीपबाबु लोहनीलगायत कलाकारको अभिनय रहनेछ।