Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

ईनासको आठौं युरोप क्षेत्रीय कार्यक्रम भव्यरुपमा सम्पन्न


सारांश

ईनासको आठौं युरोप क्षेत्रीय कार्यक्रम भव्यरुपमा सम्पन्न
images

काठमाडौं । अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास ) युरोपको वार्षिक भेलासहित महादेशस्तरीय एकल नृत्य र गायन प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ ।  १४ र १५ अप्रिल २०२३ का दिन जर्मनीको म्युनिख शहरमा भएको उक्त कार्यक्रममा बेलायत, जर्मनी , पोल्याण्ड, फ्रान्स, बेल्जियम , अष्ट्रिया, चेक गणतन्त्र लगायतका राष्ट्रिय समितिहरुले प्रत्यक्ष रुपमा आफ्ना प्रगति विवरण र भावी योजनाहरु प्रस्तुत गरेका थिए भने डेन्मार्क, नेदरल्याण्ड्स लगायतका राष्ट्रिय समितिहरुले इमेल मार्फत कार्यसम्पादन विवरण संप्रेषण गरेका थिए ।

कार्यसम्पादनको आधारमा हरेक वर्ष प्रदान गरिने ‘उत्कृष्ट युरोप राष्ट्रिय समिति’ को अवार्ड यस वर्ष राष्ट्रिय समिति फ्रान्सले प्राप्त गर्न सफल भयो । ईनास ग्लोबलका अध्यक्ष पुष्प बरुवालको प्रमूख आतिथ्यता र युरोप संयोजक प्रकाश तिवारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ईनासका निवर्तमान अध्यक्ष तथा संरक्षक, सल्लाहकारहरु, आयोजक राष्ट्र जर्मनी लगायत विभिन्न राष्ट्रिय समितिका अध्यक्ष, तथा पदाधिकारीहरु, गैर आवासीय नेपाली संघ, हिमालयन परिवार, गुरुङ परिवार, याक्थुङ्ग चुम्लुङ्ग, याक एण्ड यति हिमालयन फूड हाउस म्युनिख, जनजाति संघ, चितवन समाज, हामी नेपाली, जर्मन नेपाल मैत्री संघ लगायतका जर्मनी स्थित विभिन्न स्थानीय संघ , नेपाल परिवार, संस्थाहरुका प्रतिनिधिहरुले यस प्रकारको वृहत कार्यक्रम आयोजना हुदा र कार्यक्रममा सहकार्य गर्न पाउँदा खुसी लागेको विचार ब्यक्त गर्दै कार्यक्रमको सफलताको लागि शुभकामना दिएका थिए ।
ईनास-ग्लोबल-कार्यक्रम-युरोप-१.jpg
 
कार्यक्रमको दोश्रो सत्र आठौं युरोपियन एकल नृत्य तथा पाँचौ गायन प्रतियोगिता उच्च सफलताका साथ सम्पन्न भएको थियो । शर्मिला बर्देवा, नलिना चित्रकार, रुपक डोटेल, पार्वती अधिकारी निर्णायक रहेको प्रतिष्पर्धात्मक प्रतियोगितामा नृत्य तर्फ डेन्मार्कका संस्कार बस्नेत प्रथम, फ्रान्सकीअश्मि थापा र अष्ट्रियाकी बबिता पुनले क्रमश: दोश्रो र तेश्रो स्थान हासिल गरे भने गायनतर्फ जर्मनीकी मलिशा गुरुङ्ग प्रथम, डेनमार्कका सागर तिमिल्सिना दोश्रो र नेदरल्याण्ड्सका एडविन नेम्वाङ्ग तेश्रो स्थान हासिल गर्दै क्रमश: आठ सय एक, पाँच सय एक र तीन सय एक यूरो नगद पुरष्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।Capture.JPG
 
 हरेक वर्ष आयोजना हुने इनासको नवौं युरोप क्षेत्रीय कार्यक्रम आगामी वर्ष फ्रान्समा आयोजना हुने भएको ईनासले  जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij