Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

चलचित्र "काँडेतार" : सरकारले प्रर्दशनमा राेक लगायाे


सारांश

चलचित्र "काँडेतार" : सरकारले  प्रर्दशनमा राेक लगायाे
images

काठमाडौं । सामना फिल्मस् प्रालिद्वारा निर्मित "काँडेतार" चलचित्र हिजाे सोमबार नेपाल सरकार सेन्सर बोर्डले हेर्‍यो। खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारबिरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित निर्मित चलचित्रका सम्वाद र दृश्यहरु सेन्सर बोर्डले आपत्ति जनाई थप छलफल गर्नुपर्छ भनी सेन्सर सर्टिफिकेट दिएन।

निर्माता, निर्देशक र नायक नवल खड्काले बताए 'यसबारे सेन्सर बोर्डसँगको अनौपचारिक, अाैचारीक कुरामा कुनै पनि दृश्य र सम्वादमा कैंची नचलाई चलचित्र प्रदर्शन गर्न मैले अनुरोध गरेको छु। आशा छ, सरकारले जनताको देशभक्तिपूर्ण भावनालाई बुझी "काँडेतार" चलचित्र प्रदर्शन गर्न सर्टिफिकेट दिनेछ भन्नेमा हामी आशावादी छाै'। नदिएको खण्डमा न्यायका खातिर अदालत जाने ,जनता, दर्शक साथ, सहयाेग माग्ने, लिने अधिकार हामीमा सुरक्षित छ र हामी कुनैपनि दृश्य वा सम्वादहरू नकाटिकनै जस्ता काे त्यस्तै दर्शक सामु पुर्‍याउनेछाै भन्दै खड्काले दर्शक लाई आश्वस्त रहन अनुरोध गरे त्ससकाे सम्पूर्ण दर्शककाे साथ र सहयोग अपेक्षा राखेको कुराकानीका क्रममा नवल बताए ।

342481016_156505914034925_7059138243558849741_n.jpg

नवल खड्काका प्रायः सबै चलचित्रहरु देशभक्तिपूर्ण र परिवर्तनका लागि बनेका छन्। उनले ती चलचित्रहरुको सेन्सरका क्रममा विभिन्न झमेला बेहोर्नु परेको थियो।
शिवम् अधिकारी र नवल खड्काको लेखन रहेकोे छ।

काँडेतार चलचित्रका निर्माता माकिकाे राई र अन्जु के. सि. रहेका छन् भने कार्यकारी निर्माता गायिका सत्यकला राई रहेकि छिन् ,सह निर्माता राेमियन लिम्बू , बिमला कट्टेल, डा. अमित बिश्वास , राजेन्द्र भगत,पन्नालाल सिक्दार, दिनेश कुमार राय, नादिया खड्का र सनया खड्का रहेका छन् । श्री श्रेष्ठ काे द्वन्द , कविराज गहतराजकाे नृत्य, साैरभ लामाकाे छायांकन , मणि थापा र दिपक शर्मा काे सगीत, बन्दे प्रसाद र तारा थापा (किम्भे) काे सम्पादन रहेकाे छ भने कलाकारहरूमा- नवल खडका ,गाैरभ पहाडी , सुरविना कार्की ,रेबिका गुरूङ्ग,प्रशान्त यादव, मुरलिधर, प्रेम सुब्बा, संजय खतिवडा, पुष्प श्रेष्ठ राेमियन लिम्बू , केशव रायामाझी, राजेन्द्र भगत,पर्शुराम चाैधरि ,पन्नालाल सिक्दार, महेश गिरि ,खेम नेपाली,राम बिश्वास र बालकलाकार ,नादिया खडका र सनया खडका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij