सारांश
काठमाडौं । अभिनेत्री वर्षा राउतले इन्स्टा स्टोरीमा एकैपटक धेरैवटा पोस्ट गरेकी छन् ।
पहिलो पोस्ट, ‘म ती मानिसहरुको वरिपरि रहँदा थाकिसकें, जसले इमानदारिता र वफादारिताको अवधारणा बुझ्दैनन् ।’
दोस्रो पोस्ट, ‘अब समाजभन्दा आफ्नो मानसिक शान्ति रोज्दैछु । सम्झौता धेरै भयो ।’
तेस्रो पोस्ट, ‘यो सम्झौता भन्ने शब्द छोरी मान्छेलाई मात्र लागू हुन्छ हो ?’
वर्षाका यी भावुक पोस्टहरुले उनका फ्यानहरुलाई चिन्तामा पारिदिएको छ ।