Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

सोचेजस्तो परिणाम भएन : प्रचण्ड


सारांश

सोचेजस्तो परिणाम भएन : प्रचण्ड
images

गोरखा / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी परिणाम सोचेअनुसार नआएको प्रतिक्रिया दिएका छन्।

गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाण पत्र बुझेपछि आज गोरखा सदरमुकामस्थित हरमटारी जिविस चोकमा भएको विजयी सभालाई सम्बोधन गर्दै प्रचण्डले गोरखामा सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी भए पनि देशभर सोचेजस्तो चुनावी परिणाम नआएको बताए।

‘हाम्रो अपेक्षा जसरी परिणाम भन्ने थियो त्यसरी अलि भएन भन्ने छ। नसोचेको नसोचेको के-के कुरा भए भन्ने पनि छ,’ प्रचण्डले भने।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij