Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

कृष्णा फर्किए 'द कपिल शर्मा शो' मा


सारांश

कृष्णा  फर्किए 'द कपिल शर्मा शो' मा
images

भारतीय कमेडी रियालिटी शो 'द कपिल शर्मा शो' मा कृष्णा फर्किएका छन्।  बुधबार एक भिडिओ क्लिप सार्वजनिक गर्दै उनी शोमा फर्किएको जानकारी दिइएको हो। 

‘तपाईहरूले मलाई अलिकति पनि सम्झिनु भएन। मलाई बोलाउँदा समेत बोलाउनु भएन,’ उक्त भिडिओमा कृष्णाले भने।

यसको प्रतिउत्तरमा कपिल शर्माले भने, ‘मैले बोलाएको थिएँ। तिमी आफै नआएको हो। कहाँ थियौं तिमी।’

यस्तै कृष्ण भन्छन्, ‘म त आउँथे। उसले मेरो ब्रेन-वाश गरेको थियो।’ 

कपिलले कसले भनेर प्रश्न गर्दा कृष्णा भन्छन्, ‘पैसाले।’

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij