Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

देविका वन्दनाको ‘जित्नेको हाँसो’ नामक पुस्तक सार्वजनिक


सारांश

देविका वन्दनाको ‘जित्नेको हाँसो’ नामक पुस्तक सार्वजनिक
images

काठमाडौं । गायिका देविका वन्दनाले ‘जित्नेको हाँसो’ नामक पुस्तक सार्वजनिक गरेकी छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा पुस्तक विमोचन गरे ।

कार्यक्रममा कलाकार श्रेष्ठले जित्नेको हाँसो पुस्तकले क्यान्सर रोगबाट पीडितहरुको लागि शिक्षा बन्ने बताए । उनले पुस्तकमा गायिका वन्दनालाई परिवारले उनीमाथि गरेको श्रद्वा, सद्भाव, माया, पारिवारिक अनुशासन झल्किएको धारण राखे ।
 त्यस्तै कलाकार आचार्यले स्तन क्यान्सर जस्तो जटिल रोगलाई जित्न सफल भएकोमा गायिका वन्दनालाई बधाई दिए । कलाकार आचार्यले रोगलाई परास्त गर्न परिवारको ठूलो भूमिका रहने भन्दै यस पुस्तकले अन्य व्यक्तिको लागि प्रेरणा दिने बताए ।
 
समारोहमा गायिका देविका वन्दनाले कोरोना संक्रमणको त्रास बढिरहेको बेला आफू स्तन क्यान्सरबाट पीडित भएको बताउँदै परिवारको साथ, समर्थन तथा नेपालका वरिष्ठ चिकित्सकहरुको उपचारबाट आफूले क्यान्सर जित्न सफल भएको बताइन् ।
 
बुक हीलद्वारा प्रकाशित उक्त पुस्तकको समीक्षा गर्दै निर्देशक तथा समालोचक प्रकाश सायमीले नेपालमा गायक–गायिकाहरुले आत्मकथा लेख्ने प्रचलनमा नभएको अवस्थामा गायिका वन्दनाले आफूमाथि बितेको पीडालाई पुस्तकको रुपमा सार्वजनिक गर्नु ठूलो हिम्मत भएको बताए ।

पुस्तकमा गायिका वन्दनाले आफ्नो अस्वस्थतादेखि क्यान्सरको पहिचान, उपचार, हिम्मत, क्यान्सरको उपचारकै क्रममा गरिएको सांगीतिक गतिविधिका बारेमा चित्रण गरेकी छिन् । समारोहमा क्यान्सर पीडित भएकै बेला झण्डै एक दर्जन गीत रेकर्ड गरेर कीर्तिमान कायम गर्न सफल भएकोमा गायिका वन्दनालाई गीनिज बुक अफ वल्र्र्ड रेकड्र्सद्वारा प्रदान गरिएको प्रमाणपत्रसमेत हस्तान्तरण गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij