सारांश
काठमाडाैं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत समूह ई मा रहेका पूर्व च्याम्पियनहरु स्पेन र जर्मनीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
यो बराबरीपछि जर्मनीले समूहमा अंकको खाता खोलेको छ । स्पेन चार अंकसहित शीर्ष स्थानमा रहँदा जापान र कोस्टारिका समान तीन अंक भए पनि गोलअन्तरका आधारमा क्रमसः दोस्रो र तेस्रो स्थानमा छन् ।