Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

वर्ष २०८० को चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा


सारांश

वर्ष २०८० को चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा
images

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले यो वर्ष (२०८०)को चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा गरेको छ । आइतबार बसेको संघको बैठकले सम्मान तथा पुरस्कार निर्णय गरेको हो ।

संघले यो वर्ष (२०८०) को ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८०’ श्रीराम सिग्देल र तुलसी गिरी ‘भावुक’ लाई र ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८०’ दीपज्योती थापा र कुबेर डंगोललाई दिने निर्णय गरेको छ । यो पुरस्कारको राशि जनही ५१ हजार रहेको छ ।
 
त्यस्तै यो वर्षको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८०’ सृष्टि पोखरेल र ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८०’ रवि अधिकारीलाई दिने निर्णय गरेको छ । प्रोसान पुरस्कारमा एउटा ल्यापटप र मोफसल पुरस्कारमा २५ हजार नगद रहेको छ ।
 
त्यस्तै संघले यसै वर्षबाट थपेको ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८०’ शान्ति प्रियलाई दिने निर्णय गरेको छ । शान्तिप्रिय संस्थापक महासचिव तथा पूर्व अध्यक्ष हुन् । रजत सम्मानमा ५५ हजार नगद राशि रहेको छ ।
 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij