Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

आमिर खान आए नेपाल


सारांश

आमिर खान आए  नेपाल
images

काठमाडौं । भारतका चर्चित अभिनेता आमिर खान नेपाल आएका छन् ।

भिस्तारा एयरलाइन्सको यूके १५१ विमानबाट उनी आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् । 

पूर्वराज्यमन्त्री एवं उद्योगी रूप ज्योतिले उनी नेपाल आएको जानकारी दिए । एयरपोर्टबाट खान सिधै बूढानीलकण्ठतिर लागेका छन् ।
 
त्यहाँस्थित विपश्यना केन्द्रमा उनले १० दिन ध्यान गर्ने बताइएको छ । यसअघि उनी सन् २०१४ मा राष्ट्रसंघीय नियोग युनिसेफको दूतको रुपमा काठमाडौं आएका थिए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij