Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

वर्षाको ‘ए साथी सुन’ : प्रेम, धोका र बदला


सारांश

वर्षाको ‘ए साथी सुन’ : प्रेम, धोका र बदला
images

काठमाडौं । वर्षा सिवाकोटी अभिनीत फिल्म 'ए साथी सुन' को ट्रेलर सार्वजनिक भएको छ।

साइराम पिक्चर्स युट्युब च्यानलमार्फत फिल्मको थ्रिलर ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा एक युवती अपहरण गरेको प्रसंगलाई देखाइएको छ।

लभस्टोरी, थ्रिलर र कमेडी जनराको फिल्ममा वर्षासँगै रमेश बानियाँ, आयन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, कृष्मा खड्का, इभान सन्जेल, विमला गिरीलगायत कलाकारको अभिनय छ। ‘ए साथी सुन’ जयनन्द लामा अभिनीत अन्तिम फिल्म हो।

रामराघव आचार्य लिखित तथा निर्देशित फिल्मलाई बीना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन्। इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मको सह-निर्मातामा सुदीप पौडेल छन्।

यो फिल्म जेठ ५ गतेदेखि प्रदर्शन हुनेछ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij