Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

प्रियंका चोपडाको ‘लभ अगेन’ : बक्स अफिसमा फ्लप


सारांश

प्रियंका चोपडाको ‘लभ अगेन’ : बक्स अफिसमा फ्लप
images

एजेन्सी। अभिनेत्री प्रियंका चोपडा अहिले आफ्नो वेब सिरिज ‘सिटाडेल’ र हालै रिलिज भएको हलिउड फिल्म ‘लभ अगेन’लाई लिएर चर्चामा छिन् । उनी अभिनित उक्त हलिउड फिल्म पनि मे १२ मा भारतमा रिलिज हुँदैछ । 

प्रियंकाको यो फिल्म अमेरिकी बक्स अफिसमा ध्वस्त साबित भएको छ । प्रियंकासहित साम ह्युगन र सेलिन डियोन स्टारर फिल्मले तीन दिनमा मात्रै (२.३८ मिलियन डलर) अर्थात् १८ करोड भारु मात्र कमाउन सफल भएको बताइएको छ ।

फिल्म ‘लभ अगेन’ मुख्य नायिका मीरा रेको कथा हो, जसले कार दुर्घटनामा आफ्नो साथी गुमाएकी छन् । उनी आफ्नो सम्झनामा यति हराइन् कि उनले आफ्ना फियोन्सेलाई उनको नम्बर टेक्स्ट गर्न थाल्छिन्, जुन अब रोब (ह्युगन) नामक अर्को व्यक्तिलाई दिइएको छ । रोबीलाई मीराको सन्देश धेरै भावुक लाग्छ र डियोन उनीसँग जोडिन खोज्छिन् । फिल्ममा प्रियंका चोपडाका पति निक जोनसको पनि क्यामियो रोल रहेको छ ।

। प्रियंका चोपडाको ओटीटी रिलिज ‘सिटाडेल’ अहिले अमेजन प्राइममा स्ट्रिमिङ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij