Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

पल शाहले भिडियोमा उतारे जेल जीवन


सारांश

पल शाहले  भिडियोमा उतारे जेल जीवन
images

काठमाडौं ।  एक वर्ष जेल जीवन बिताएका अभिनेता पल शाहले ‘तिमीलाई हेर्ने बानी प¥यो’ गीतको म्युजिक भिडियोमा उक्त घटना भिडियोमा पनि उतारेका छन् । उनकै अभिनय तथा निर्देशन रहेको भिडियोमा कैदी जीवनदेखि रिहाइसम्मको घटना देखाइएको छ । 

अनु चौधरीको स्वर तथा पुष्प प्रधानको शब्द, संगीत रहेको गीतको एरेन्ज योगेश काजीले गरेका छन् । पल स्वयंको युट्युब च्यानलमा सार्वजनिक गीतमा पलले हथकडी लगाएकोदेखि उनको रिहाइको कामना गर्दै परिवार, साथीभाइ, विभिन्न धार्मिक समुदायका मानिसहरूले गरेको पूजाआजा र प्रार्थनालाई देखाइएको छ ।
 
भिडियोमा पलको आमाको भूमिकामा सूर्यमाला खनाल, बुबाको भूमिकामा प्रकाश अधिकारी, बहिनीको भूमिकामा प्रिन्सु तिवारी र प्रेमिकाको भूमिकामा सुनिसा भट्टराईको अभिनय छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij