सारांश
काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट सिनेमा हलमा चलचित्र ‘हल्कारा’ प्रदर्शनमा आएको छ । महेश त्रिपाठी र बिनिता थापामगर मुख्य भूमिकामा रहेका छन् ।
‘हल्कारा’ले प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा भन्छ । गत वर्ष ५५औँ वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा यो चलचित्रले उत्कृष्ट चलचित्रसँगै महेश त्रिपाठीलाई उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीलाई उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड प्राप्त गरेको थियो ।