सारांश
काठमाडौं । बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा ध्यान गर्न आएका बलिउड अभिनेता आमिर खान भारत फर्किएका छन् । गत आइतबार काठमाडौं आइपुगेका उनी शुक्रबार बिहान १०.५० बजे इण्डिगो एयरलाइन्सबाट मुम्बई प्रस्थान गरेका हुन् ।
आमिरले सोमबारदेखि विपश्यनामा साधना गरे । शुक्रबार बिहान साढे ८ बजे उनले ध्यान केन्द्र छाडेर निस्किएको उक्त केन्द्रका एक कर्मचारीले बताए । आफ्ना नजिकका साथी राजीव लुथ्राको निधन भएपछि आमिर बीचमै ध्यान-साधना छाडेर गएको र पछि आउँदा ध्यान शिविरमा पूरा समय बस्ने बताएको जनाइएको छ ।
खानले फेरि पनि विपश्यना ध्यान केन्द्रमा आउने बताएका छन् ।