सारांश
काठमाडौं / पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन (यान्त्रीक परीक्षण) उडान सकिएको छ।
थाइल्याण्डको एरो थाइ कम्पनीको जहाजले मंसिर ५ गतेदेखि ११ गते (२१ नोभेम्बर–२७ नोभेम्बर) सम्म विमानस्थलमा क्यालिब्रेसन उडान गरेको थियो।
विमानस्थलको यान्त्रिक परीक्षणमा ४ वटा प्रविधि तथा उपकरणको परीक्षण गरिएको विमानस्थलले जनाएको छ।
क्यालिब्रेसन उडान सकिएसँगै अबको केही दिनमा एरो थाइले प्रतिवेदन बुझाउनेछ। सरकारले १ जनवरी २०२३ (पुस १७) देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने निर्णय गरिसकेको छ।