Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

बलिउड अभिनेत्री परिणिती चोपडा र सांसद राघव चड्डाले गरे इन्गेजमेन्ट


सारांश

बलिउड अभिनेत्री परिणिती चोपडा र सांसद राघव चड्डाले गरे इन्गेजमेन्ट
images

एजेन्सी। बलिउड अभिनेत्री परिणिती चोपडा र आम आदमी पार्टीका सांसद राघव चड्डाबीच शनिबार दिल्लीमा इन्गेजमेन्ट भएको छ । उक्त समारोहमा भारतीय राजनीतिज्ञदेखि सेलिव्रिटी सहभागि रहे ।

इन्डिया गेट नजिकको कपुरथला हाउसमा इन्गेजमेन्ट समारोह भएको थियो । बहिनीको टीकाटालोमा भाग लिन अभिनेत्री प्रियंका चोपडा समेत अमेरिकादेखि आइपुगेकी थिइन् ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, पञ्जावका मुख्यमन्त्री भागवत मन, राजनीतिज्ञहरु कपिल सिब्बल, पि चितरम्बरम, प्रियंका चतुर्वेदी, आदित्य ठाकरे लगायत सहभागि रहे । डेढसय जनालाई समारोहमा निम्तो गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij