सारांश
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले चालु पुँजी कर्जाको व्यवस्था दुई वर्षलाई स्थगत गर्न माग गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले मंगलबार पत्रकार सम्मेलन गरेर उद्योग व्यवसायमा समस्या परेको समयमा लागू गर्न खोजिएको चालु पुँजी कर्जाको मार्गदर्शनलाई स्थगत गर्न अनुरोध गरेका हुन् ।
नेपाल राष्ट्र बैंकले कात्तिक १ देखि लागू हुने गरेर चालु पुँजी कर्जाको मार्गदर्शन लागू गरेको थियो । लागू भएको एक महिनापछि केन्द्रीय बैंकले संशोधनका लागि सुझाव मागेको थियो ।