सारांश
सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देश विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बन्ने लक्ष्य राखेको बताएका छन् ।
प्योङयाङले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको र यो अमेरिकी मुख्य भूमिमा पुग्न सक्ने विश्वास गरिएको उत्तर कोरियाली अधिकारीले दाबी गरेका छन् ।
“राज्य र जनताको गरिमा र सार्वभौमिकताको रक्षाका लागि आणविक शक्तिको निर्माण गर्नु सबैभन्दा ठूलो र सबैभन्दा महत्त्वपूर्ण प्रगतिको कारण हो । र, यसको अन्तिम लक्ष्य विश्वको सबैभन्दा शक्तिशाली रणनीतिक शक्ति बन्नु र यस शताब्दीमा अभूतपूर्व पूर्ण शक्तिलाई कब्जा गर्नु हो,” किमलाई उद्धृत गर्दै केसीएनएले उल्लेख गरेको छ ।