Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

पल शाह चलचित्र निर्माण गर्दै


सारांश

पल शाह चलचित्र निर्माण गर्दै
images

काठमाडौं । नायक पल शाहले चलचित्र निर्माण गर्ने भएका छन् । कारागारबाट निस्किएपछि पहिलो चलचित्र कसको गर्लान् भन्ने सबैको कौतुहललाई मेटाउँदै उनले चलचित्र निर्माण गर्ने घोषणा गरेका हुन् ।

आफ्नै निर्देशनमा चारवटा म्युजिक भिडियो बनाइसकेपछि अन्ततः पलले चलचित्र निर्माण गर्ने भएका हुन् । चलचित्रको स्क्रिप्टको काम भने उनले केही समय अगाडि नै सुरु गरेका थिए । उनको चलचित्रको स्क्रिप्टमा लेखक विकास सुवेदीले काम गरिरहेका छन् । चलचित्रमा को नायिका हुने भन्ने पनि अहिलेसम्म फाइनल भइसकेका छैन । आफ्नो चलचित्रको निर्देशनको पाटो समाल्न भने पलले निर्देशक दिनेश राउतलाई प्रस्ताव गरेका छन् ।

गायक स्वप्न सुमनलाई लिएर चलचित्र बनाउन लागेका निर्देशक राउतले भने पलको प्रस्तावलाई अहिलेसम्म फाइनल गरिसकेका छैनन् । राउतले पलसँग सहकार्य गर्ने सम्भावना भएको तर पक्का भने नभएको बताए ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij